दफा ५९
बोर्डले शर्तहरु तोक्न सक्ने
(१) बोर्डले धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्रदान गर्दा पूँजी बजारको अवस्था, धितोपत्र व्यवसायको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरुको हितको संरक्षणलाई ध्यानमा राखी आवश्यक शर्तहरु तोक्न सक्नेछ । (२) बोर्डले उपदफा (१) बमोजिम तोकिदिएका शर्तहरुको पालना गर्ने कर्तव्य धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त गरेका कम्पनी वा संस्थाको हुनेछ । (३) उपदफा (१) बमोजिम तोकिएको शर्तमा बोर्डले आवश्यकता अनुसार पूँजी बजारको अवस्था, धितोपत्र व्यवसायको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी थपघट तथा हेरफेर गर्न सक्नेछ ।